उपेन्द्र यादव निवासमा पुगे माधव-प्रचण्ड
समयपोष्ट
२०७८ वैशाख २२ गते १२:५१
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निवास पुगेका छन् ।
माओवादी केन्द्रले आजै प्रधानमन्त्री के पी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेका माधव कुमार नेपाल पक्षले भने प्रधानमन्त्री ओलीको विश्वासमतमा के गर्ने भनि आधिकारिक निर्णय गर्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा अोलीले वैशाख २७ गते संसदमा लिने विश्वासमतलाई कसरी असफल बनाउने विषयमा रणनीति बनाउन बुधबार नेपाल र दाहाल अध्यक्ष यादवलाई भेट्न उनकै निवासमा पुगेको बताईएको छ ।
प्रतिक्रिया