आइतबार, ११ साउन २०८२

दीपिका कति बर्षकी भईन् होला ?

समयपोष्ट २०७४ पुष २२ गते ११:२९

बलिउड अभिनेत्री दीपिका पादुकोण कति बर्षकी भईन् होला ?

भर्खरै मात्र बलिउड अभिनेत्री दीपिका पादुकोणले ३२ औ जन्मदिन मनाएकी छिन् । उनी  सन् १९८६ जवनरी ५ मा डेनमार्कको कोपेन हेगनमा जन्मिएकी हुन् । उनका पिता प्रकाश पादुकोण भारतका चर्चित ब्याडमिन्टन् प्लेयर हुन् भने बहिनी अनिषा गल्फ खेलाडी  ।

‘ओम शान्ती ओम’बाट बलिउड डेब्यु गरेकी उनले यसै चलचित्रबाट फिल्मफेयर अवार्डमा बेष्ट डेब्यु अभिनेत्रीको अवार्ड समेत हात पारेकी थिइन् ।

दीपिकाको नाम २००८मा सबैभन्दा पहिले रणवीर कपुरसँग जोडियो भने क्रिकेटर युवराज सिंह, महेन्द्र सिंह धोनी, ब्यवसाही सिद्धार्थ माल्यासंगको सम्बन्ध पनि चर्चाको बिषय बन्यो ।

अहिले बलिउडमा दिपिका र रणवीर सिंहको सम्बन्ध निकै चर्चाको बिषय बनेको छ । हाल दीपिका रणवीरसंग नयाँ बर्ष सेलिब्रेसनका लागि श्रीलंकामा रहेको बताईएको छ । एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री