मंगलबार, १८ वैशाख २०८१

बाइडेनको सपथ ग्रहण समारोहमा लेडी गागाको लुकको चर्चा

समयपोष्ट २०७७ माघ ८ गते १६:४४

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार ४६ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरे ।

सपथ ग्रहण समारोहमा थुप्रै हस्तीको उपस्थिती रह्यो । पप स्टार लेडी गागाले उक्त समारोहमा सबैको मन जित्न सफल भईन् । लेडी गागाले बाइडेनको सपथ समारोहमा अमेरिकाको राष्ट्रगान गाएकी थिइन् ।

समारोहमा लेडी गागाको लुकले पनि चर्चा बटुल्यो । गागाले आफ्नो पहिरनमा परेवाको ब्याच लगाएकी थिइन् । उनले सोसल मिडियामा यो ब्याचको फोटो सेयर गर्दै लेखेकी थिइन्, ‘जैतुनको हाँगासहित एउटा परेवा ।’

गागाले यसलाई शान्तिको प्रतिकको रुपमा यसलाई लगाएकी थिइन् ।

गायिकाको हेयरस्टाइलले पनि धेरैको ध्यान खिचेको थियो । उनले आफ्नो कपालमा कालो रङको रिबन लगाएकी थिइन् । यस्तै गागाको रातो रङको लिपस्टिकले पनि उनको सुन्दरतालाई बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री