मंगलबार, २५ वैशाख २०८१

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

समयपोष्ट २०७७ माघ ५ गते १४:३१

Advertisement

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको जनाएको हो ।

३ जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयलेृ जनाएको छ ।

Advertisement

मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी अपनाउनुपर्नेमा जोड दिँदै भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री