आइतबार, १६ वैशाख २०८१

गर्भवती थिइन् सुदीक्षा, उमेशको हत्यापछि दिदीसँग आधाघण्टा फोनमा कुरा गरेको खुलासा

समयपोष्ट २०७७ पुष २८ गते २२:१६

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानले टोखाको ग्राण्डी हाउजिंगमा मृत फेला परेका दम्पत्तिको मृत्युको कारण पारिवारिक झगडा रहेको देखाएको छ ।

पोस्टमार्टम रिपोर्टका अनुसार उमेश केसीको हत्या भएको १२ घण्टापछि सुदीक्षा गिरीले आत्महत्या गरेको देखिन्छ ।

अनुसन्धानका क्रममा उमेशको हत्यापछि सुदिक्षाले फोनमा आफन्तसँग आधाघण्टाबढी कुराकानी गरेको खुलेको छ। उमेशको हत्यापछि सुदीक्षाले आफ्नी दिदी शर्मिलासँग ३० मिनेट बढी मोबाइलमा कुराकानी गरेको देखिएको छ। त्यसमा उनले के कुरा गरिन् भन्नेबारे खुल्न बाँकी छ।

पोष्टमार्टम रिपोर्टका अनुसार सुदीक्षा २ महिनाकी गर्भवती थिइन्। उक्त गर्भ कसको हो भन्ने बिषयले उनीहरुबीच झगडा सुरु भएको हुनसक्ने अनुसन्धान अधिकारीहरुले आँकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री