पूर्वगृहमन्त्री सवार कार त्रिशुली नदीमा खस्यो:तिनको मृत्यु
समयपोष्ट
२०७३ असोज ९ गते १६:०९
काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा पूर्वगृहमन्त्री माधव घिमिरे सवार कार त्रिशुली नदीमा खसेको छ ।
मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्वरको कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो ।
कारमा पुर्व गृहमन्त्री माधव घिमीरे सहित उनका दुर्इ भार्इहरू प्रकाशचन्द्र घिमिरे र मोहन घिमिरे सवार थिए ।
कारमा सात जना रहेको चितवन प्रहरीले जनाएको छ ।
चितवनको दारेचोक स्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको कारमा सवार सात मध्ये तिन जनाको शव भेटिएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी प्रहरी असर्इ आरसी कार्की, पूर्व गृहमन्त्री घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे तथा आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भएको छ ।
त्यस्तै घाइते चालक विष्णु रार्इलाई उपचारका लागि भरतपुर लगिएको बताइएको छ ।
प्रतिक्रिया