मंगलबार, १८ वैशाख २०८१

पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रासस २०७७ मंसिर १६ गते ७:३९

Advertisement

इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ ।

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते हुनुभएको छ ।

उहाँहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री