मंगलबार, १८ वैशाख २०८१

शिखर इन्स्योरेन्सले बढायो करिब साढे दुई करोड खुद नाफा, अधिकांश सूचकहरु सकारात्मक

समयपोष्ट २०७७ वैशाख ३१ गते ११:१२

Advertisement

शिखर इन्स्योरेन्सलेआर्थिक वर्ष २०७६/७७ को तेस्रो वित्तिय विबरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विबरण अनुसार कम्पनीका अधिकांश सूचकहरु सकारात्मक देखिएका छन् । इन्स्योरेन्सले ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बर्षको यसै अवधिको तुलनामा २ करोड ४२ लाख रुपैयाँ बढी हो।

कम्पनीले खुद बीमा शुल्क एक अर्ब २१ करोड ६० लाख रुपैयाँमा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बीमाशुल्क आर्जनमा केही कमी देखिएको हो ।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३६ करोड ६३ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १३ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड ७३ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २३ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

Advertisement

यस अवधिसम्ममा इन्स्योरेन्सले २ लाख २५ हजार ५२२ वटा बीमालेख जारी गरी २ अर्ब ६० करोड ९ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सको ४० हजार ८९२ वटा बीमालेख नवीकरण भएका छन् ।

इन्स्योरेन्सले यस अवधिमा ९ हजार ४६० दाबी बापत एक अर्ब २६ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १५७ वटा दाबी बापत ७२ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। वित्तिय विवरणमा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ २६ पैसा र मूल्य आम्दानी अनुपात १८.३३ गुणा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री