पुनम पाण्डे पक्राउ
समयपोष्ट
२०७७ वैशाख २९ गते १३:२२
भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् ।
आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरेको हो । पुलिसले उनीसंगै उनका साथी सेम अहमदलाई पनि पक्राउ गरेको छ ।
पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ । पुलिसले उनको कार पनि जफत गरेको छ । आज उनलाई अदालतमा पेश गरिने छ ।
प्रतिक्रिया