मंगलबार, १८ वैशाख २०८१

समयबोधका पत्रकार तथा कर्मचारीहरुको लागि १ लाखको कोरोना बीमा

समयपोष्ट २०७७ वैशाख २३ गते १४:३६

Advertisement

समयबोध मिडिया प्राइभेट लिमिटेडले आफ्ना सवै पत्रकार तथा कर्मचारीहरुको कोरोनाभाइरस (कोभिड–१९) बीमा गरेको छ ।

समयबोधले आइएमई जनरल इन्स्योरेन्स कम्पनी मार्फत आफ्ना सवै पत्रकार तथा कर्मचारीहरुलाई रु १ लाखको बिमालेख प्रदान गरेको हो ।

कोरोना बिरुद्धको लडाईंमा पत्रकारहरु अग्रमोर्चामा रहेर काम गर्नुपर्ने भएकोले सवै पत्रकार र कर्मचारीको बीमा गराएको समयबोधले जनाएको छ ।  समयबोध मिडियाबाट समयबोध म्यागेजिन र समयपोष्ट डट कम प्रकाशन हुँदै आएका छन् ।

आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेले कोरोनाभाइरस (कोभिड–१९) बीमा पोलिसी खरिद गरेको १५ दिनपछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बीमा दाबी गर्न सकिने जानकारी दिए । उनले कोरोना बीमालेख कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पेमार्फत सिधै खरिद गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री