मंगलबार, १८ वैशाख २०८१

नेपाल लाइफद्धारा ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १ करोड आर्थिक सहयोग

समयपोष्ट २०७६ चैत २४ गते १८:१०

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १ करोड आर्थिक सहयोग गरेको छ ।

कम्पनी सञ्चालक समितिको पूर्व निर्णय गरे अनुसार कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई तथा सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले १ करोडको चेक हस्तान्तरण गर्नुभयो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले जनाउनु भयो । साथै सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको अध्यक्ष संघईले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री