मतदाता परिचयपत्र वितरण आजदेखि,यसअघि मतदान गरेकाले पहिलेकै परिचयपत्रबाट भोट हाल्न मिल्ने
निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा आयोगले ८ र ९ गते मतदाता परिचयपत्र वितरण गर्ने भएको हो । मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । अायाेगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात साथमा लिएर अाउन अाग्रह गरेकाे छ ।
गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।
आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र बुझ्न सुझाव दिएको छ ।
गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।
आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ । ३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ भने बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
प्रतिक्रिया