१७ किलो सुनसहित एक जना पक्राउ
समयपोष्ट
२०७४ कार्तिक १६ गते ८:१७
प्रहरीले १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मनाङबाट बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा बेसीशहरतर्फ जाँदै गरेका पासाङ लामालाई प्रहरीले १७ वटा सुनका विस्कुट सहित पक्राउ गरेको हो ।
लमजुङका प्रमुख प्रमुख पदमबहादुर विष्टका अनुसार मस्र्याङ्दी गाउँपालिका-३ खुदी बजारमा चेकजाँचका क्रममा उनी सुनसहित पक्राउ परेका हुन् ।
प्रतिक्रिया