तिन कम्पनीका हकप्रद,एफपीओ र बोनस सुचीकृत , हेर्नुहोस् कुन कुन ?
समयपोष्ट
२०७४ कार्तिक १४ गते ६:२८
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार तिन कम्पनीका सेयर सूचीकृत भएका छन् । आज सेयर सूचीकृत गराएका कम्पनीमा गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुँरास लाईफ इन्स्योरेन्स रहेका छन् ।
मंगलबार गोर्खाज फाईनान्सले ५० प्रतिशत हकप्रद, नेपाल ग्रामिण विकास बैंकले यसअघि निष्काशन गरेको एफपीओ र गुँरास लाईफ इन्स्योरेन्सले यसअघि वितरण गरेको ८ प्रतिशत बोनस सेयर कारोबारका लागिसूचीकृत गराएका हुन् ।
प्रतिक्रिया