मंगलबार, १८ वैशाख २०८१

हायात होटलको वित्तिय विवरण सार्वजनिक,खुद नाफा २८ करोड माथि

समयपोष्ट २०७४ कार्तिक १० गते ६:०६

गत बर्ष १३ करोड ६७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको तारागाउँ रिजेन्सी होटल्स (हायात) ले चालु आर्थिक बर्षको अवधिमा २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । होटलको यो नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा दोब्बरले बढी हो । 

Advertisement

गत आर्थिक वर्षमा कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ भने लागत खर्च ३७ करोड ८४ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी एक अर्ब एक करोड रुपैयाँ थियो भने खर्च ३० करोड २७ लाख रुपैयाँ थियो।

होटलले अन्य क्षेत्रमा व्यापार गरेर १६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। होटलको प्रशासन तथा अन्य खर्चतर्फ ५२ करोड ६२ लाख रुपैयाँ गएको छ ।  हाल होटलको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

होटलले अघिल्लो आर्थिक बर्षमा १४ करोड दुई लाख १६ हजार रुपैयाँ घाटामा रहेको जगेडा कोषलार्इ यसपाली १४ करोड पाँच लाख ५५ हजार रुपैयाँ सञ्चित गर्न सकेको देखिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री