मंगलबार, १८ वैशाख २०८१

न्यू सुजुकी एस–प्रेसो नेपाली बजारमा

समयपोष्ट २०७६ मंसिर १ गते २०:५७

Advertisement

सुजुकी गाडीको अधिकृत विक्रेता सिजी होल्डिङस् अन्तर्गत सिजी मोटोकोर्पले एस-प्रेसो सार्वजनिक गरेको छ। आइतबार कम्पनीले एक समारोहकाबीच एसयुभी सेग्मेन्टको नयाँ मोडल एस–प्रेसो सार्वजनिक गरेको हो ।

गाडीको सुरुवाती मूल्य २२ लाख ९९ हजार रुपैयाँ देखि २५ लाख ४९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ। चार भेरियन्टमा आएको एस–प्रेसोको स्ट्यान्डाई २२ लाख ९९ हजार, एलएक्सआई २३ लाख ९९ हजार, भीएक्सआई २४ लाख ९९ हजार र टप भेरियन्ट भीएक्सआई प्लसको मूल्य २५ लाख ९९ हजार तोकिएको छ ।

एक सय ८० एमएम ग्राउण्ड क्लियरेन्स भएको गाडीमा अपराइड ए-पिलर र ब्याक डोर डिजाइनले गाडीलाई बलियो बनाएको कम्पनीको दाबी छ। गाडीमा जडान गरिएका अर्पेचर हेडल्याम्प र ग्रिल ग्राफिक्सले थप बोल्ड बनाएको कम्पनीले जनाएको छ।

सिटिङ लेआउट थोरै अग्लो भएका कारण ग्राहकले कमाण्डिङ ड्राइभिङ पोजिसन लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार स्पोर्टी ब्ल्याक कलर स्किम सहितको ठूलो क्याविन स्पेशले युवा ग्राहकमा उत्साह ल्याउनेछ।

गाडीको अगाडी र पछाडी भागमा रहेको युटिलिटी स्पेश, ओपन ट्रे, ग्लोब बक्स र डोर कन्सोल पकेट लगायत स्टोरेज अप्सन रहेको कम्पनीले जनाएको छ।

अत्याधुनिक प्रविधि जडान गरिएको गाडीमा स्टेरिङ माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल, म्युजिक, इन्टरटेनमेन्ट, टच स्क्रीन स्मार्ट प्ले, एण्ड्रोइड अटो, एप्पल कारप्ले लगायत फिचर जडान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार गाडीमा डुअल एयरब्याग, इलेक्ट्रोनिक ब्रेक फोर्स, एन्टिलक ब्रेकिङ सिस्टम, प्रि-टेन्सनर, फोर्स लिमिटर सहितको सीट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सर, बेल्ट रिमाइन्डर लगायत सुरक्षाका फिचर समावेश गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री