३४ करोडको घर किनेर फेरी चर्चामा आईन कंगना
समयपोष्ट
२०७४ असोज १८ गते ७:४१
कहिले फिल्म, कहिले विवादास्पद बयान, कहिले प्रेम सम्बन्धका कारण सधैं चर्चामा आइरहने बलिउड अभिनेत्री कंगना रनावत यस पटक भने घर किनेर चर्चामा आएकी छिन । ।
उनले किनेको घरको मूल्य करिब ३४ करोड रुपैयाँ परेको बताइएको छ। कंगनाले यति महँगो घर आफू बस्न भने किनेकी होइनन्। उनको फिल्म निर्माण कम्पनी ‘मणिकर्णिका फिल्मस’ का सम्पूर्ण कामका निम्ति उक्त घर किनेकी हुन्। घरको नाम पनि मणिकर्णिका नै राखिएको छ।
कंगना हाल झाँसीकी रानी लक्ष्मीबाईमा आधारित फिल्म ‘ मणिकर्णिका–द क्वीन अफ झाँसी’ बनाउँदै छन्। बान्द्रा पाली हिलको नरगिस दत्त रोडस्थित उनको घर छेउमै दिलीप कुमार, सञ्जय दत्त र ऋषि कपुर जस्ता बलिउड हस्ती बस्छन्। कंगनाले चाँडै यो घरमा काम सुरू गर्ने बताइएको छ।
प्रतिक्रिया