आइतबार, ६ जेठ २०८१

वर्ल्डलिंकले १ अर्ब ३५ करोड वैदेशिक लगानी भित्र्यायो

समयपोष्ट २०७६ कार्तिक ८ गते १४:३९

Advertisement

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले १ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक लगानी भित्र्याएको छ।

बेलायतको विकास वित्त संस्था सिडिसी ग्रुपले सो रकम बराबरको वर्ल्डलिंकको १० प्रतिशत इक्वीटी (सेयर) खरिद गर्ने भएको हो।

सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको विकास वित्त संस्था हो। यसले ७० वर्षदेखि अफ्रिका र एसियामा लगानी गर्दै आइरहेको छ।र्ल्डलिंकमा लगानी गर्ने सम्वन्धी दुवै पक्षबीच आज सम्झौता भएको छ। नेपालमा सिडिसीको सेयर लगानी पहिलो पटक हो। सिडिसीको पूँजीले इन्टरनेटको पहुँच विस्तार तथा गुणस्तरमा सशक्त टेवा पुग्ने वर्ल्डलिंकको दावी छ।

वर्ल्डलिंकका प्रवन्ध निर्देशक दिलिप अग्रवालले थपिएको लगानीले कम्पनीलाई विश्वकै उत्कृष्ट इन्टरनेट सेवा प्रदायक कम्पनी बनाउन सघाउ पुग्ने बताए। हाल ३ हजार कर्मचारी वर्ल्डलिंकमा आवद्ध रहेको जनाउँदै कम्पनीले थपिएको लगानीले थप १ हजार रोजगारी बढ्ने जनाएको छ।

Advertisement

यसअघि सिडिसी ग्रुपले एनएमबि बैंकलाई तीन वर्षका लागि १५ मिलियन अमेरिकी डलर ऋण सहायता प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री