हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल
समयपोष्ट
२०७४ असोज ४ गते ३:२३
मुलुककै ठुलो पाँचतारे होटल हायात को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोेजेको खुलेको छ ।
सार्वजनिक निजी साझेदारअन्र्तगत २०४९ सालमा स्थापना भएको हयातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार राशेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लागनी गरिएको थियो ।
कुल लागनीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ लगानी थियो । अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
होटल सथापना हुँदा सरकारको लगानी ३९.७७ प्रतिशत रहेकामा निजी साझेदारको चलखेलका कारण ९.०१ प्रतिशतमा खुम्चिएको छ ।नागरिक दैनिकबाट
प्रतिक्रिया