शनिबार, १ कार्तिक २०८२

के तपाई लिभ–इन रिलेसनसिपमा हुनुहुन्छ ? यी चार कुरा नभुल्नुहोस्

समयपोष्ट २०७६ असोज २८ गते १८:०७

Advertisement

लिभ– इन रिलेसनसिपमा वयस्क महिला र पुरुष आपसी सहमतिमा बिहे नगरीकन बस्छन्। आजभोलि शहरमा धेरै जोडी लिभ–इन रिलेसनसिपमा बस्छन्।

१  कुनै व्यक्तिसँग लिभ इन रिलेसनसिपमा बस्दै हुनुहुन्छ भने पहिला पार्टनरबारे राम्ररी जानकारी लिनुपर्छ। त्यसका लागि केही समय साथी बनेर एकअर्काबारे बुझ्नुपर्छ । यसबारे महिलाहरूले विशेष गरी चनाखो हुनुपर्छ। पुरुष मित्रलाई राम्ररी चिन्न र बुझ्नुपर्छ। कुनै कुरामा सन्देह लाग्छ भने सम्बन्धबाट टाढिएकै राम्रो !

२ बढ्दो महँगीले शहरको जीवनशैलीलाई महँगो बनाएको छ। त्यसैले लिभ–इन रिलेसनसिपमा बस्नुअघि खर्चको बराबर बाँडफाँड गर्ने कुरामा स्पष्ट हुनुपर्छ। किनकि, पछि पैसाले गर्दा पनि पार्टनरबीच मनमुटाव हुनसक्छ।

Advertisement

३ लिभ–इन रिलेसनसिपमा रहँदा मानसिक र भावनात्मक रूपले बलियो हुनुपर्छ। बसेपछि आफूलाई पार्टनरका कतिपय बानी मन नपर्न सक्छन्, यस्तै पार्टनरलाई तपाईंका केही बानी मन नपर्लान्। यस्तो अवस्थामा कुराकानी गरेर समस्याको समाधान निकाल्नुपर्छ।

४ सँगै बसेपछि सम्बन्ध राम्ररी निर्वाह भइराखेको छैन भने टाढिनु नै राम्रो ! कतिपय मानिसको व्यवहार नजिकिएपछि परिवर्तित हुन थाल्छ।

यदि आफूलाई केही कुरा गलत लाग्छ भने टाढिन तयार रहनुहोस्। विपरीत परिस्थितिबाट बच्न पहिला नै विकल्पको खोजी गर्नुहोस्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री