मंगलबार, १८ वैशाख २०८१

सडक मर्मत नगरेको भन्दै मेयरलाई ट्रकमा बाँधेर घिसारियो

समयपोष्ट २०७६ असोज २३ गते २१:१७

Advertisement

मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई चुनावको समयमा गरेको वाचा अनुसार सडक मर्मत नगरेको भन्दै जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारिएको छ ।

सो घटनापछि प्रहरीले ११ जनालाई गिरफ्तार गरेको छ । मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुले जोगाएका थिए । समाचारहरुका अनुसार मेयरलाई ठूलो चोट भने लागेको छैन ।

प्रारम्भिक रिपोर्टमा मेयरमाथि किसानले आक्रमण गरेको बताइएको छ । किसानहरुले नै यस अघि पनि एस्कन्डोनमाथि आक्रमण थिए ।

चुनावको समयमा मेयरले आफूहरुसँग गरेको वाचा अनुरुप स्थानीय सडक मर्मतको नगरेकोले यस्तो कदम चालिएको किसानहरुले बताएका छन् ।

अहिले चिएपास राज्यस्थित उक्त गाँउमा अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

एस्कन्डोनले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने प्रयास वा अपहरण गर्ने प्रयासमा मुद्दा दायर गरेका छन् ।

मेयर कार्यालयबाहिर रहेका एक प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पुरुषहरुको एक समूह मेयरलाई जबरजस्ती कार्यालयबाहिर निकालिरहेको र त्यसपछि बाहनमा बाँधेको देखिन्छ ।

एक सीसीटीभी फुटेजमा ट्रकको पछाडि हातमा डोरी बाँधेर उनलाई स्यान्टा रीटाको सडकमा तानिदैं गरेको देखिन्छ ।

दजनौँ प्रहरीले केही समयको प्रयासपछि मेयरलाई घिसार्दै अघि बढेको वाहनलाई रोक्न सफल भएका थिए । प्रहरी र मेयरलाई घिसार्दै अघि बढेका पुरुषबीच भएको झडप पनि भएको थियो । त्यसक्रममा कयैन घाइते भएको खबर छ ।

यस अघि पनि चार महिना पहिले, एक घटनामा एक समूहले कार्यालयमा नभएको समयमा तोडफोड गरेका थिए । त्यो समय मेयर कार्यालयमा थिएनन् ।

एस्कन्डोन आफै पनि चुनावको समय प्रहरीको गिरफ्तारीमा परेका थिए ।

लास मार्गरिटासमा मेयर चुनावको दौरान प्रतिद्वन्दी उम्मेद्वारका समर्थकहरुसँग भएको एक विवादमा जोडेर उनलाई पक्राउ गरिएको थियो ।

तथापि, प्रमाणको अभावमा उनलाई मुक्त गरिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री