आइतबार, २९ असार २०८२

नयाँ कर्मचारी भर्ना प्रक्रिया आजबाट सुरु

समयपोष्ट २०७४ भदौ २५ गते ९:५५

लोकसेवा आयोगले यस वर्षका लागि नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आजदेखि कार्य थालेको छ । 

Advertisement

शुक्रबार व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आजदेखि काम थालेको हो । आयोगले आज सामान्य प्रशासन मन्त्रालयलाई रिक्त दरबन्दी पठाउनका लागि पत्र काटेको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।  ‘‘समितिको निर्देशनबाट हामीले आजदेखि नयाँ भर्ना प्रक्रियाका लागि काम थालेका छौँ’’, उनले भने, ‘‘आजै सामान्यलाई पत्र पठाउँदै असोज पहिलो हप्ता रिक्त दरबन्दी पठाउन भनेका छौँ ।’’ 

उनले रिक्त दरबन्दी आए पनि क्रमशः पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताए । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो । आयोगले असोज अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मं सिर अन्तिम साता अधिकृत र पुस अन्तिम साता नासुको विज्ञापन गर्ने तयारी गरेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री