सुजुकीको बर्गम्यान १२५ पोखरामा
समयपोष्ट
२०७५ पुष १२ गते ९:२७
सुजुकीका नयाँ स्कुटर बर्गम्यान १२५ को पोखरामा विक्री शुरू भएको छ ।
सुजुकीका लागि आधिकारिक विक्रेता हिमालय अटो वल्र्ड, पोखराले नयाँ स्कुटरको एक कार्यक्रमबीच विक्री शुरू गरेको हो ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर कुँवरले स्कुटरको विक्री शुरुआत गरेका हुन् ।
स्कुटरमा १४ इन्चका ट्युबरहित टायर छन् । यो स्कुटरमा ७५०० आरपीएममा ८.७ बीएचपी उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सीसीको शक्तिशाली इञ्जिन रहेको छ । यसको अग्र भागमा डिस्क ब्रेक र पछाडि ड्रम युनिट रहेको मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए ।
यसको इन्धन ट्यांक क्षमता ५.६ लिटर रहेको उनले बताए । स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया