शनिबार, ५ जेठ २०८१

मध्य भोटेकोशीको सेयर आज बाँडफाँट

समयपोष्ट २०७५ पुष ४ गते ५:३४

मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर आज बाँडफाँट हुँने भएको छ । आयोजनाले दुई चरणमा बिक्री गरेको एक करोड ४४ लाख कित्ता साधारण सेयर बुधबार एकैपटक बाँडफाँड हुने भएको हो । आयोजनाको सेयर बुधबार दिउँसो ३ बजे स्मार्ट क्याफे एण्ड ब्यांक्वेट धुम्बराहीमा बाँडफाँट हुने छ ।

Advertisement

कम्पनीले पहिलो चरणमा कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता र दोस्रो चरणमा मंसिर १९ गतेदेखि २६ गतेसम्म संगठिक संस्थापक संस्थाका कर्मचारीलाई २१ लाख तथा सञ्चय कोषका कर्मचारीलाई ६ लाख कित्ता निष्काशन गरेको थियो ।

आयोजनाको पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुबाट एक लाख ३५ हजार ९८६ वटा आवेदनबाट तीन अर्ब ६३ करोड ९५ लाख ३९ हजार रुपैयाँ बराबरको तीन करोड ६३ लाख ९५ हजार ३९० कित्ताका माग आवेदन परेको छ ।

यस सेयरमा ३.११ गुणा बढी आवेदन परेको छ । यस वर्गका सबै आवेदकले न्यूनतम ८० कित्ता शेयर प्राप्त गर्नेछन् । यस्तै, कम्पनीले दोस्रो चरणको संगठित संस्थापक संस्थाका कर्मचारीहरुबाट ९ हजार ५३ जनाले ४५ लाख ३५ हजार ९५० कित्ताका लागि माग आवेदन परेको छ । यस सेयरमा १.६८ गुणा बढी आवेदन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री