बुधबार, २ जेठ २०८१

एनसिसी बैंकको हकप्रदमा नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७५ पुष ३ गते ५:३३

एनसिसी बैंकले हकप्रदमा नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद शेयर लिलामीमा राख्ने भएको छ । बैंकले पुष ११ गतेदेखि २० गतेसम्मका लागि शिलबन्दी बोलपत्र आह्वान गर्ने भएको हो ।

Advertisement

बैंकको हकप्रद शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन एक सय रुपैयाँ तिरेर माथिका स्थानहरुबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण एक सय कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि माग गर्न सकिनेछ ।

आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ । बैंकले गत भदौ ४ गतेदेखि असोज २२ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गरेकोमा संस्थापक तर्फ ६५ लाख १६ हजार कित्ता र सर्वसाधारण तर्फ १३ लाख ५९ हजार कित्ता हकप्रद शेयर बिक्री भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री