जरिन खानको गाडीको ठक्करबाट एक युवाको ज्यान गयो
समयपोष्ट
२०७५ मंसिर २७ गते ९:०३
बलिउड अभिनेत्री जरिन खानको गाडीको ठक्करबाट एक युवाको ज्यान गएको छ । विदा मनाउन गोवा पुगेकी अभिनेत्री खानको गाडीले बुधबार मोटर साइकलमा सवार ३० बर्षिय नितेश गोरललाई ठक्कर दिएको भारतीय मिडियाले जनाएका छन् ।
गोरलको घटनास्थलमै मृत्यु भएको छ भने अभिनेत्री खान घाइते भएकी छिन्। खानलाई पणजीको एक निजी अस्पतालमा भर्ना गरिएको छ । घटनाको बारेमा अनुसन्धान भैरहेको गोवा प्रहरीले जनाएको छ । एजेन्सी
प्रतिक्रिया