मंगलबार, ८ जेठ २०८१

मेक्सिकोकी वेनेसालाई यो प्रश्नले जितायो मिस वर्ल्ड २०१८ को ताज (फोटोफिचर)

समयपोष्ट २०७५ मंसिर २३ गते ५:४२

मिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको वेनेसा पोन्सेले हात पारेकी छिन् । चीनको सान्या सहरमा शनिबार भएको फाइनलमा विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले मिस वर्ल्डको उपाधि हात पारेकी हुन् ।

Advertisement

मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् । उनीहरुसँगै बेलारुसकी मारिया भासिलेभिच, जमाइकाकी काडिजा रोबिन्सन तथा युगान्डाकी कुइन अबेन्याको शीर्ष पाँचमा पुगेका थिए ।

पूर्व मिस वर्ल्ड मानुसी चिल्लरले नयाँ मिस वर्ल्डलाई ताज पहराइदिएकी थिइन् । चीनको सान्या सहरमा आयोजित फाइनल प्रतियोगितामा मिस नेपाल शृङ्खला खतिवडा भने शीर्ष १२ मा सिमित बनिन् ।

यो प्रश्नले जितायो पोन्सेलाई मिस वर्ल्ड २०१८ को उपाधि

Advertisement

फाइनल राउन्डमा वेनेसालाई मिस वर्ल्ड बनेपछि अरुलाई कसरी मद्दत गर्नेछौ भनेर प्रश्न सोधिएको थियो । उनले जवाफमा भनेकी थिइन्, ‘म आफ्नो पदलाई त्यसरी नै प्रयोग गर्नेछु जसरी पछिल्लो तीन वर्षदेखि गर्दै आएकी छु । हामीले सबैबारे सोच्नुपर्छ, प्रेम गर्नुपर्छ । कसैलाई मद्दत गर्नु त्यति गाह्रो काम होइन । तपाईं बाहिर गएका बेला कसै न कसैलाई तपाईंको मद्दत चाहिरहेको हुन्छ । त्यसकारण सधैं मद्दतका लागि तयार हुनुहोस् ।’

वेनेसाले इन्टरनेशनल बिजनेसमा ग्रेजुएशन गरेकी छिन् । यसबाहेक उनले मानवाधिकारमा डिप्लोमा पनि गरेकी छिन् । वेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको हो । उनी नेनेमी नामक एक स्कूलमा पनि काम गर्छिन् । यो स्कूलमा आदिवासी इलाकाका बच्चालाई विभिन्न संस्कृतिको शिक्षा दिइन्छ । उनको उचाई पाँच फिट ९ इन्च हो । उनले मे मा मिस मेक्सिकोको उपाधि जितेकी थिइन् ।

वेनेसालाई अंग्रेजी र स्प्यानिश भाषाकी जानकार हुन् । खाली समयमा उनलाई आउटडोर गेम खेल्न मनपर्छ । उनलाई भलिबल र स्कूबा डाइविङको शौख छ । वेनेसा महिलाको पुनर्वासका लागि काम गर्ने एक संस्थाकी बोर्ड अफ डिरेक्टरमध्येकी एक हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री