मंगलबार, ८ जेठ २०८१

सेक्सको समय उत्तेजना बढाउन सहयोगी आवाज : मोनिंग देखि डर्टी टकसम्म

समयपोष्ट २०७५ मंसिर २१ गते ७:५६

हालै एक अध्ययन गरियो जसमा मानिस सँग कुराकानी गरेपछि यो जान्ने प्रयास गरियो, की आखिर यस्तो कुन आवाज छ जसले सेक्सको क्रममा उत्तेजना बढाउँछ र यस अध्ययनको नतिजाले तपाईंलाई आश्चर्यमा पार्ने छ ।

Advertisement

कसरी गरियो अध्ययन?

अनलाइन डेटिगं एजेन्सी ससी डेट्सले ५ हजार २४ युजर्सको बीचमा एक सर्वे गर्यो र उनीहरुबाट यो जान्ने प्रयास गरियो आखिर सेक्सको क्रममा उनी के सन्न मन पराउँछन् । डेटिगं एजेन्सीले विस्तृत अध्ययन गर्यो र मानिसहरुसँग सोध्यो, आखिर त्यो कुन शब्द वा आवाज हो जसको प्रयोग लभमेकिंगको समय गरिन्छ । जसले कपलको सेक्स लाइफ र उत्तेजनात्मक बन्न सक्छ ।

.कराउनु (Moaning) सर्वेमा सहभागि ९० प्रतिशत भन्दा बढि पुरुषले भनेका थिए की मोनिंग अर्थात् कराउने आवाजले उनको उत्तेजना बढाउँछ । त्यस्तै ७७ प्रतिशत महिलाले भनेका थिए यदि उनको मेल पार्टनरले मोनिंग आवाज निकाल्छन् भने उनलाई मन पर्छ र उनको उत्तेजना पनि बढाउँछ ।

.डर्टी टक सर्वेमा सहभागि ७६ प्रतिशत पुरुष र ७३ प्रतिशत महिलाले स्वीकार गरे की लभमेकिंगको क्रममा यदि उनको पार्टनरले डर्टी टक गर्छ भने उनलाई राम्रो लाग्छ र उनको उत्तेजना बढ्न थाल्छ । हुन त डर्टी टक सहज छैन किनकी सेक्शुअल फ्रेजेजको मामिलामा एक्सपर्ट बन्नु कठिन नै हुन्छ ।

Advertisement

.लामो श्वास लिने आवाज अध्ययनको अनुसार लामो गहिरो श्वास लिनुले पनि एक्साइटमेन्टको संकेत दिन्छ र लामो श्वासको आवाजले ६० प्रतिशत पुरुष र ४५ प्रतिशत महिलालाई सेक्सको क्रममा उत्तेजना महसूस हुन्छ ।

. महिलालाई मन पर्छ शान्त माथि भनिए अनुसारका आवाज बाहेक सेक्सको क्रममा मानिसलाई जुन कुराले उत्तेजीत महसूस हुन्छ त्यो कराउनु, गाली गर्नु र चुप हुनु । तपाईंलाई जानेर अचम्म लाग्न सक्छ की पुरुषको तुलनामा महिलालाई चुप हुनु वा शान्त रहनु बढि मन पर्छ ।

यो आवाजले खत्म हुन्छ उत्साह

सर्वेमा सहभागि भएकाहरुसाग यो पनि सोधिएको थियो आखिर त्यो कुन आवाज हो जसलाई सेक्सका बेला सुनेर सेक्सको उत्साह र उत्तेजना खत्म हुन्छ । यसमा प्रायः जसो सहभागिहरुको भनाई थियो कि आफ्नो पार्टनरको मुखबा गलत नाम सुन्ने वा फेरि आफ्नो ठाउँमा कसै अरुको नाम सुन्नाले उनको लभमेकिंगको महत्वपूर्ण समयलाई समाप्त गरिदिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री