नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । मंसिर १७ गते साेमबार बसेको बैंक सञ्चालक समितिको ५०२ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हाे ।
नबिल बैंकले अघिल्लाे वर्ष ३० प्रतिशत बाेनस शेयर र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । बैंककाे लाभांश अघिल्लाे वर्षभन्दा १४ प्रतिशतले कम हाे ।
बैंकले १०० कित्ता बराबर १२ कित्ता अर्थात १२ प्रतिशत बोनश र २२ प्रतिशत अर्थात एक कित्ता बराबर २२ रुपैयाँका दरले कर सहित नगद लाभांश गरी कूल ३४ प्रतिशतले हुन अाउने दुर्इ अर्ब ७३ कराेड ४६ लाख ९५ हजार बराबरकाे लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया