मंगलबार, ८ जेठ २०८१

राखी र दिपकको विवाहमा कति हुँदैछ खर्च ?

समयपोष्ट २०७५ मंसिर १७ गते ८:१२

अहिले बलिउडमा राखी सावंत र दिपक कलालको विवाहको निकै चर्चा छ । यी दुइ जोडी आफ्नो हाइभोल्टेज ड्रामाका कारण अहिले निकै चर्चामा छन् । राखी सावंत र दिपक कलालले आफ्नो विवाह ३१ डिसेम्बरमा गर्ने घोषणा गरिसकेका छन् ।

Advertisement

एक पत्रकार सम्मेलनको आयोजना गरी दिपक र राखीले यस बारेमा बताएका थिए । उक्त सम्मेलनको क्रममा दिपकले भने, ‘हाम्रो विवाहको बजेट धेरै छैन जम्मा ७० करोड छ ।’ यसमा राखीले कुरा काट्दै भनिन्, उनले ८५ करोडको कुरा गरेका थिए, १५ करोड कहाँ गयो ? त्यसमा दिपकले भने केही पैसा कपडाका लागि कम भयो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री