
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वीकृत आचारसंहिता माघ पहिलो साताबाट कार्यान्वयनमा आउनेछ । यसअघि आयोगले आचारसंहिताको मस्यौदा तयार गरी सरोकारवालासँग राय सुझाव मागेको थियो । प्राप्त सुझावहरूलाई समेटेर अन्तिम स्वरूप दिइएको आयोगले जनाएको छ ।
यसपटकको आचारसंहिताको दायरा फराकिलो बनाइएको आयोगको दाबी छ । “पहिले आचारसंहिता मुख्यतः सचेतनाको मोडलमा हुन्थ्यो, तर अहिले कारबाहीको मोडलमा केन्द्रित छ,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “कार्यान्वयनको हिसाबले पनि पहिले झैँ निर्वाचन मितिभन्दा ५०–५५ दिनअघिबाट लागू हुन्छ ।”










प्रतिक्रिया