शुक्रबार, १६ चैत २०८०

टाटा टियागो कारलाई ‘सर्वोत्कृष्ट ह्याचब्याक’काे उपाधी

समयपोष्ट २०७३ पुष १५ गते ८:२०

विभिन्न विधाहरुमा सर्वोत्कृष्ट ठहरिदै ‘टाटा टियागो ह्याचब्याक कार’अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भएको छ । टाटा ह्याचब्याक वर्षकै सर्वोत्कृष्ट साबित हुन सफल भएपछि उसले यो सम्मान पाएको हो । उक्त कारले सिएनबिसि.–टि.भि. १८ ओभरड्राइभ अवार्ड २०१७ मा “कम्प्याक्ट कार अफ द इयर” त्यसैगरि अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा “बेस्ट ह्याचब्याक अफ द इयर” र एन.डि.टि.भि. कार एण्ड बाइक अवार्ड २०१७ मा “इन्ट्री ह्याचब्याक अफ द इयर” अवार्डहरु हात पार्न सफल भएको छ ।

Advertisement

हालै अवार्ड वितरण कार्यक्रमहरुमा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरुको चर्चा गरिएको थियो ।

अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गरेको कार्यक्रममा जानकारि दिइएको थियो । आकर्षक बडी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने गर्दछ । साथै २१ औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री