बुधबार, १२ वैशाख २०८१

माछापुच्छ्रे वैंकको अगुवाइमा लिखु २ आयोजनाका लागि सह–वित्तियकरण सम्झौता

समयपोष्ट २०७३ पुष १५ गते ४:२८

माछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा लिखु २ आयोजनाकालागि सहबित्तियकरण सम्झाैता भएकाे छ । हाल निर्माणका क्रममा रहेकाे ३३.४ क्षमताकाे लिखु–२जलविद्युत आयोजनामा माछापुच्छ्रे वैंक लिमिटेडको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले ४ अर्व ५१ करोड रुपैया कर्जा लगानी गर्नेबारे प्रवर्द्धक कम्पनी र वैंकहरुबीच बिहीबार काठमाडौंमा सम्झौता भएको हाे ।

Advertisement

माछापुच्छ्रेलगायत मेगा बैंक, नेपाल एसबिआइ बैंक,  नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेण्ट बैंक ले अायाेजनामा कर्जा लगानी गर्नेछन् । ३३.४ मेगावाटकाे लिखु २ अायाेजना ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. ले प्रवर्द्धन गर्दै  अाएकाे छ । सहभागी बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट माछापुच्छ्रे वैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  निरज कुमार श्रेष्ठ र प्रवर्द्धक ग्लोबल हाईड्रोपावर एसोसिएट प्रा.लि. का  अध्यक्ष मोतीलाल दुगडबीच सम्झौता आदानप्रदान भएको हाे ।

आयोजनाको लगानी संरचना अनुसार कुल लागत  ६ अर्व २ करोडमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवर्द्धकको लगानी रहने छ । बैंकहरुले कर्जा लगानी गर्ने निश्चित भएपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने निश्चित भएको छ । लिखु २ जलविद्युत आयोजना रामेछाप जिल्लाको गुम्देर गा.वि.स. र सोलुखुम्बु जिल्लाको भकञ्जेगा.वि.स.मा पर्छ ।  अध्ययनअनुसार आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ ।

उक्त उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्री सम्झौता(पि.पि.ए) अनुसार न्यू खिम्ती सव स्टेशनसम्म आयोजनाले प्रसारण लाईन निर्माण गरी त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणाली मार्फत स्वदेशमै आन्तरिक खपतको लागि वितरण गरिने छ । आयोजना समयमै सम्पन्न गर्न प्रवर्धक कम्पनीले सरकारलाई “परफमेन्स सेक्युरिटी” वुझाएको छ । लगानी सम्झौता भएको २\३ महिनाभित्रै आयोजनाका मुख्य संरचनाहरु निर्माण प्रारम्भ गरी अागामी ४ वर्षभित्रै विद्युत उत्पादन गरिने लक्ष्य रहेकाे  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री