मंगलबार, ४ वैशाख २०८१

चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने

समयपोष्ट २०७३ पुष १५ गते ४:१४

चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ ।

Advertisement

युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको ।

सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ । सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ । उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ । वाइवाई विश्वका ३० मुलुकमा उपलब्ध रहेको ग्रुपको भनाइ छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बिहीबार बेलग्रेडमा सर्बियाका प्रधानमन्त्री अलेक्ज्यान्डर भुसिकसँग भेटवार्ता गरेका छन् । उनले त्यहाँका ऊर्जा, पर्यटन तथा कृषिमन्त्री र रुमा सहरका मेयर स्लोदान म्यान्सिकसँग समेत भेटे गरेका छन् ।

विश्व बजारको २.२% हिस्सा
विश्वव्यापी रूपमा वार्षिक २ अर्ब २० करोड युनिट बिक्री भइरहेको वाइवाईले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको ग्रुपको दाबी छ । नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत वाइवाई उत्पादन भइरहेको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने वाइवाईले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको ग्रुपले जनाएको छ । बंगलादेश, केन्या र साउदी अरेबियामा पनि वाइवाईका प्लान्ट स्थापना गर्ने तयारी भइरहेको चौधरी ग्रुपले बताएको छ । नयाँपत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री