शुक्रबार, १४ वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ जारी हुँदै

समयपोष्ट २०७३ पुष १४ गते ९:१७

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ जारी गर्ने भएको छ । धितोपत्र बोर्डले  कम्पनीलार्इ एफपिओ निष्कासनका लागि अनुमति दिएसंगै कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपिओ जारी गर्ने भएको हो । कम्पनीले १४ सय २५(१३२५ प्रिमियम)मा एफपिओ निष्कासन गर्न अनुमति पाएको  बोर्डका प्रवक्ता निरज गिरीले बताए ।  एफपिअाे निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार ९ सय हुनेछ ।एफपिओ निष्कासनपछि कम्पनीको शेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधरणको हुनेछ । प्रिमियम रकम भने जगेडा कोषमा जम्मा हुने छ ।कम्पनीको शेयर अहिले प्रतिकित्ता २९ सय १६ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री