शुक्रबार, १६ चैत २०८०

प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

समयपोष्ट २०७३ पुष ११ गते ११:३३

प्रभु बैंकले आठ अर्ब चुक्ता पुँजी पुर्याउन दश बराबर चार अर्थात ४० प्रतिशत सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। आफुले किनेका किष्ट र ग्राण्ड बैंकबाट प्रबाहित कर्जा असुलीमा ढिलाई भएर पूँजी कोष खुम्चिएपछि बैंकले ४० प्रतिशत हकप्रदको प्रस्ताव साधारणसभामा लगेको थियो । यो हकप्रद सेयर जारीपछि बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार रुपैयाँ पुग्नेछ । हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

Advertisement

बैंकको १५ औं वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो।साधरणसभाले ६ जना संचालक समेत निर्विरोध निर्वाचित गरेको छ।संस्थापक सेयरधनीको तर्फबाट देवीप्रकाश भट्टचन,पुष्पबहादुर प्रधान,अम्बिका शर्मा लामिछाने,रमेशसिंह खड्का तथा सर्वसाधरण सेयरधनीकातर्फबाट कुसुम लामा र दक्ष पौडेल निर्वाचित भएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री