शनिबार, ८ वैशाख २०८१

सेयर लगानीकर्ता संघले छ बुँदे माग सहित नेप्सेमा धर्ना दिने

समयपोष्ट २०७३ पुष ११ गते ८:२१

सेयर लगानीकर्ता संघले छ बुँदे माग सहित बुधबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शान्तिपूर्ण धर्ना दिने निर्णय गरेको छ । संघले सोमबार जारी गरेको बिज्ञप्तीमा संघको मागहरु पुरा गराउन नेप्सेमा धर्ना दिने निर्णय गरेको उल्लेख छ । संघका अध्यक्ष उत्तम अर्यालको हस्ताक्षर भएको उक्त बिज्ञप्तीमा बाणिज्य बैंकलाई सेयर ब्रोकर लाईसेन्स दिनुपर्ने,  सेयर ब्रोकरहरुलाई यथासिघ्र शाखा बिस्तार गर्न दिनुपर्ने, अनलाईन सेयर कारोबार प्रणाली यथाशीघ्र कार्यान्वयनमा ल्याईनु पर्ने, हकप्रद, बोनस, मर्जर र सुचकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने  माग अघि सारिएको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री