बिहीबार, १३ वैशाख २०८१

भगवानलाई किन चढाईन्छ नरिवल ?

समयपोष्ट २०७३ पुष १० गते ७:४३

हिन्दु धर्ममा नरिवल, पुजा गर्दा चढाउँने चलन छ । भगवानसामु केही आशा गर्दा पनि मानिसले नरिवल भाकल गर्ने गर्दछन् । पशु बलि दिने मन्दिरमा बलिको सट्टा नरिवल फोडिन्छ । केही शुभ कार्य गर्नुभन्दा अघि पनि नरिवल फोड्ने चलन छ । हरेक शुभ कार्यमा नरिवल अनिवार्य जस्तै हुन्छ । नरिवल संस्किृतमा श्रीफलको नामले चिनिन्छ । जानाकारहरुका अनुसार यो फल बलि कर्मको प्रतिक मानिन्छ । जसको अर्थहुन्छ उपहार या नैवेद्यको वस्तु । देवताहरुलाई बलि दिनुको अर्थ देवताले मानिसलाई गरेको कृपाको बद्ला आभार प्रकट गर्नु हो । भगवानको सोही कृपाको अंशको रुपमा नरिवल अपर्ण गर्ने गरिन्छ ।

Advertisement

कसरी कायम भयो  नरिवल फोड्ने परम्परा 
जानकारहरुका अनुसार एक समय हिन्दु धर्ममा मनुष्य र जनावरहरुको बलि चढाउँने परम्परा रहेको थियो । सोही परम्परालाई तोड्दै आदि शंकराचार्यले मनुष्यको ठाउँमा नरिवलको बलि चढाउँने प्रथाको सुरुवात गरेका थिए । नरिवल मनुष्यको मष्तिष्कसंग मिल्दोजुल्दो हुने गर्दछ । नरिवलको जटा मनुष्यको कपाल,कठोर कवच मनुष्यको खोपडी र भित्रको पानी मनुष्यको रगत र नरिवलको गुदी मनुष्यको गिदीको रुपमा तुलना गर्ने गरिन्छ । 


नरिवल भगवानसामु फोड्नुको महत्व
नरिवल फोड्नुको अर्थ मानिसले मानिसको अहंकार र स्वंयलाई भगवानसामु समर्पित गरेको भन्ने बुझिन्छ । यसो गर्नाले अहंकार र अज्ञानताकोे कठोर कवच टुट्ने र आत्मामा शुद्धता र ज्ञानको द्धार खोलिने अर्थ राख्दछ । नरिवल फोडे पछि देखिने सफेद र नरम भागले ज्ञान र शुद्धतालाई बुझाउँछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री