शुक्रबार, १४ वैशाख २०८१

बन्द गराउन हिँडेका ११ जना प्रहरी नियन्त्रणमा

समयपोष्ट २०७३ पुष ७ गते ६:५८

नेत्र बिक्रम चन्द (विप्लव) नेतत्वको माओवादी जनवर्गीय संगठनले बिहिबार आह्वान गरेको बन्दका क्रममा बन्द गराउँदै हिडेका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहका अनुसार राजधानीका विभिन्न स्थानबाट बिहान ४ बजे बन्द गराउँदै हिडेका ११ कार्यकर्तालाई  नियन्त्रणमा लिएको हो । शाहका अनुसार पक्राउँ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायतका रहेका छन् । पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माओवादीका जनवर्गीय संगठनले बुधवार उपत्यका बन्दको घोषणा गरेको हो । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री