शुक्रबार, ७ वैशाख २०८१

जुही चावला नेपाली फिल्ममा देखिने

समयपोष्ट २०७३ पुष ६ गते ७:२७

चर्चित बलिउड नायिका जुही चावला नेपाली फिल्ममा देखिने भएकी छिन् । चलचित्र निर्माता रोज राणाले निर्माण गर्न लागेको चलचित्र ‘मेरो पैसा खै’ मा जुही देखिने भएकी हुन् । निर्माता रोज राणाले राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र ‘मेरो पैसा खै’ मा चावला खेल्ने पक्का भईसकेको जानकारी दिए ।  राणाका अनुसार चावलाबाहेक फिल्ममा सौगात मल्ल, सागर तिवारी, वर्षा सिवाकोटी, सविन तामाङ, बुद्धी तामाङ, राजपाल यादवलगायतको अभिनय रहनेछ । फिल्मको निर्देशन बलिउडकर्मी विवेक शर्माले गर्नेछन् भने माघ १५ बाट चलचित्रको छायांकन सुरु हुनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री