मंगलबार, ६ चैत २०८०

नक्सालमा आइएमएस मोटर्सको शोरुम,साङयोङका गाडी खरिदमा पाँच लाखसम्म छुट

समयपोष्ट २०७३ पुष ४ गते ४:२३

आइएमएस ग्रुपको आइएमएस मोटर्ससले नक्सालमा ‘आइएमएस मोटर्स  एक्सक्लुसिभ सोरुम– साङयोङ’ सञ्चालनमा ल्याएको छ । साङयोङ गाडीको लागि नेपालको आधिकारिक बिक्रेता आइएमएस मोटर्ससले नयाँ शोरुम स्थापना गरेको हो । नयाँ शोरुमको नेपालकालागि दक्षिण कोरियाका राजदुत चो योङ जीन र आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले शोरुम उद्घाटन गरे ।

Advertisement

 ims

कम्पनीले नयाँ वर्षको अवसर पारेर साङयोङका गाडी खरिदमा पाँच लाख रुपैयाँसम्म नगद छुट दिने घोषणा गरेको छ। उक्त योजना आइतबारदेखि पुष २२ सम्म लागु हुने कम्पनीले जनाएको छ। साङयोङ मोटर्स कम्पनी दक्षिण एसियाको सबै भन्दा ठुलो मोटर्स कम्पनी हो । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिकअप ट्रक, भ्यान, ट्रक तथा बसहरु उत्पादन गर्दै आएको छ । 

syangyong_moters

आइएमएस मोटर्ससले चाँडै देशका मुख्य मुख्य सहरमा आफ्नो सो रुम विस्तार गर्ने योजना बनाएको अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री