
नेकपा माओवादी केन्द्रले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा जोडिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी नरहेको स्पष्ट पारेको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सो कुरा बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन्। प्रमाण र सत्यतथ्यका आधारमा हुने कानुनी कारबाहीमा हाम्रो असहमति नरहने कुरा स्पष्ट पार्न चाहन्छु।’
पार्टी उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले केही सञ्चारमाध्यममा प्रकाशित उक्त प्रकरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडेर भइरहेको गलत प्रचारप्रति पार्टीको ध्यानाकर्षण भएको समेत उल्लेख गरेका छन् ।
शेरा दरबार जग्गा प्रकरणमा अध्यक्ष प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको र प्रमाण तथा तथ्यका आधारमा हुने कानूनी कारबाहीमा आफूहरुको असहमति नरहने उल्लेख गरेका छन् ।
उनले भने, ‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरवार’ जग्गा प्रकरणमा हाम्रो पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डको नाम जोडेर भैरहेको प्रचारबाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन । जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ति विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारीमा पनि छैनन् र पार्टीको कुनै गतिविधिमा पनि संलग्न छैनन् । प्रमाण र सत्यतथ्यका आधारमा हुने कानूनी कारबाहीमा हाम्रो असहमति नरहने कुरा स्पष्ट पार्न चाहन्छु ।’










प्रतिक्रिया