आइतबार, ९ कार्तिक २०८२

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आगलागीबाट विस्तापित परिवारलाई सहयोग

समयपोष्ट २०८१ पुष ५ गते २१:५०

Advertisement

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँका आगलागी पिडितलाई सहयोग गरेको छ ।

२०८१ कार्तिक २ गते भएको आगलागीबाट विस्तापित २६ परिवारलाई कम्पनीको केन्द्रिय कार्यालय काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि ४२ थान सिरक हस्तान्त्रण गरेको हो ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा क्षति भई विस्तापित भएका परिवारलाई सहयोग गर्न पाएकोमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई प्रमुख कार्यकारी अधिकृतले धन्यवाद प्रदान गर्नुभयो ।

Advertisement

आगलागी पीडितहरूको शीघ्र पुनःस्थापनाको कामना गर्दै, आइजीआईले भविष्यमा पनि यस्तै सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अग्रसर रहिरहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री