२७०० विन्दुमुनि झर्यो नेप्से

नेप्से परिसूचक ४५.९३ अंक घटेर २६८९.०० विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स ६.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२७ अंक घटेको छ।
३२१ स्टकको ८१ हजार ४०४ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँबराबरको १ करोड ७३ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०७ प्रतिशत घटेको छ। व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ ८० पैसा बढेर ४७१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। दोल्ती पावर कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने १० प्रतिशत कुमारी बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। तीन स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३२ करोड ६४ लाख ६१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नेपाल फाइनान्स र रिभर फल्स पावरको साढे १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने खानीखोला हाइड्रोपावरको करिब १४ करोडको शेयर खरिदबिक्री भएको छ।



























प्रतिक्रिया