१५ अंक घट्यो नेप्से

नेप्से परिसूचक १५.९३ अंक घटेर २७३४.९३ विन्दुमा झरेको छ।

Advertisement

सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक घटेको छ।

३०७ स्टकको ८७ हजार ४७६ पटकको कारोबारमा ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ। ११ उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६७ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक ०.७९ प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.६३ प्रतिशत घटेको छ। वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

खानीखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९.९५ प्रतिशत बढेको छ भने मानुषी लघुवित्तको शेयरमूल्य ९.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको सपोर्ट हाइक्रोफाइनान्सको शेयरमूल्य भने सर्वाधिक ८.३७ प्रतिशत घटेको छ। नेपाल फाइनान्सको शेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको ४२ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को करिब २१ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री