शुक्रबार, १६ चैत २०८०

‘याक एन्ड यती’ होटललाई कार्वाही गरिने

समयपोष्ट २०७३ मंसिर २९ गते ८:२४

 

Advertisement

दरबारमार्गमा रहेको 'याक एन्ड यती' होटललाई काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । तारे होटलहरु सबै करको दायरामा आइसक्दा पनि 'याक एन्ड यती'ले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न अटेर गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जनाएको छ । 

स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा १६५ (२) बमोजिम पहिलो चरणमा कामपाबाट उक्त होटललाई दिने सबै सेवा रोक्का गर्ने, दोस्रो चरणमा होटलको प्रशासन र लेखामा तालाबन्दी गर्दा पनि कर नतिरे तेस्रो चरणमा विद्युत् र खानेपानी सेवासमेत ठप्प पारीने महानगरपालिकाका जनाएको छ । सो होटलले कर तिर्नुपर्ने समय २० वर्ष पुगिसकेको भएपनि दुई वर्षअघि १० लाख मात्र दिएको थियो । तर महानगरपालिकाले त्यो रकम अपुग भएको भन्दै होटलबाट वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर उठ्ने जनाएको छ । महानगरका अनुसार होटलले संयुक्त राष्ट्र्रसंघीय एजेन्सीलाई समेत भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गासमेत भाडामा लिएकाले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ । महानगरले ती सबै कर तिर्न होटललाई निर्देशन दिएपनि होटलले अटेरी गर्दै आएको कामपाले जनाएको छ । होटलले करको विवरण बुझाइसकेको छ तर बुझाईएको बिवरण गलत रहेको कामपाको ठहर छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री