शुक्रबार, १६ चैत २०८०

पाकिस्तान सरकारले मन्दिरको लागि जग्गा उपलब्ध गरायो, इस्लामाबादमा मन्दिर बन्ने

समयपोष्ट २०७३ मंसिर २६ गते ७:४३

पाकिस्तानको राजधानी इस्लामाबादमा बसोबास गर्दै आएका करीब आठसय हिन्दुहरुको लागि छिट्टैनै मन्दिर बन्ने भएको छ । इस्लामावादको क्यापिटल डेभलप्मेण्ट अथोरिटी (CDA)ले हिन्दुहरुको लागि मन्दिर, कम्युनिटी सेण्टर र श्मशान बनाउँनको लागि जमिन उपलब्ध गराएको हो । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार इस्लामावादमा बसोबास गर्दै आएका हिन्दुहरुले पाकिस्तानी सरकारसंग श्मशान र मन्दिरको लागि जमिनको माग गरिरहेका थिए । इस्लामावादका हिन्दुहरु अन्तिम संस्कारको लागि रावलपिण्डी जाने गरेका छन् । पाकिस्तानी मिडियाका अनुसार पाक सरकारले मन्दिर र श्मशानको लागि सेक्टर H-9 मा आधा एकड जमिन उपलब्ध गराएको छ । पाकिस्तानमा हिन्दुहरुको जनसख्या सिर्फ दुई प्रतिसत् मात्र रहेको छ । उनीहरु पाकिस्तानको सिंध प्रान्तमा बसोबास गर्ने गरेका छन् । पाकिस्तानको इस्लामावाद र रावलपिण्डीमा सिर्फ एउटा मात्र कृष्ण मन्दिर रहेको छ । त्यस्तै पाकिस्तानको पञ्जाब स्थित चकवालमा करीब आठसय बर्ष पुरानो कटास राज (भगवान शिव)को मन्दिर रहेको छ । यो शिव मन्दिर महाभारत काल देखिनै अस्तित्वमा रहेको जानाकारहरु बताउँछन् । पाण्डवहरुले निर्वासनको समयमा त्यस मन्दिरमा केही समय बिताएका थिए । यहाँ एउटा पोखरी पनि रहेको छ । किंवदन्ती अनुसार सतीको वियोगमा भगवान शिव यति रोए कि आँसुको पोखरीनै बन्यो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री