मंगलबार, ११ वैशाख २०८१

टोखा–नुवाकोट सुरुङमार्ग तयारी

समयपोष्ट २०७३ मंसिर २४ गते ३:११

काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ ।

Advertisement

सुरुङमार्ग निर्माणमा लगानीका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)मा प्रस्ताव पेस गरेको छ । अर्थ मन्त्रालयले सुरुङमार्ग निर्माण गर्न चीनको बेइजिङस्थित एआइआइबीमा प्रस्तावनापत्र पेस गरेको हो । असार पहिलो साता पेस गरिएको प्रस्तावअनुसार एआइआइबीले लगानीको निर्णय गरेमा सुरुङमार्ग निर्माणको थप प्रक्रिया छिटै अघि बढ्ने भौतिक पूर्वाधार मन्त्रालयको वैदेशिक सहयोग महाशाखा प्रमुख विष्णुओम बादेले बताए । ‘सुरुङमार्ग निर्माणका लागि एआइआइबीमा प्रस्ताव पेस भएको छ ।

अर्थ मन्त्रालयमार्फत एआइआइबीमा प्रस्ताव पेस भएको हो,’ बादेले नयाँ पत्रिकासँग भने, ‘एआइआइबी लगानी गर्न तयार भए सरकारले थप प्रक्रिया अघि बढाउनेछ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्ययन गरेर शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सुरुङमार्ग निर्माणको प्रतिवेदन तयार पारेको हो । ‘भौतिक मन्त्रालयले अध्ययन गरेर तयार पारेको प्रतिवेदन अर्थमार्फत एआइआइबीमा पेस भएको हो । लगानी जुटाउन अहिले छलफल जारी छ ।’ आजको नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री