बुधबार, १२ वैशाख २०८१

‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’बाट अनुसन्धानकर्ता सम्मानित 

समयपोष्ट २०७३ मंसिर २२ गते ८:३७

 

Advertisement

'नबिल विज्ञान तथा प्रविधि पुरस्का'बाट चार बरिष्ठ अनुसन्धानकर्ता सम्मानित भएका छन् । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को सोमबार आयोजित ३४ औं वाषिकोत्सवको अवसरमा अनुसन्धानकर्ताहरुलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो । पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अनुसन्धानकर्ताहरुलाई प्रदान गरेका थिए। विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गरि योगदान पुर्याउने अनुसन्धानकर्ताहरुलाई नास्टले सो पुस्कारबाट सम्मानित गर्दै आएको छ । पुरस्कारको राशि एक लाख पच्चीस हजार रुपैयाँ रहेको छ ।
कार्यक्रमा नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकको नाममा स्थापित पुरस्कारबाट सम्मानित हुने बरिष्ठ अनुसन्धानकर्ताहरुलाई आभार ब्यक्त गरे । सो समारोहमा सत्र जना सन्धानकर्ताहरुलाई विभिन्न विधामा पुरस्कृत गरियो । उक्त पुरस्कार बिज्ञान क्षेत्रकै प्रतिष्ठीत पुरस्कार मानिन्छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री