शनिबार, १५ वैशाख २०८१

इण्डोनेशियामा १२ बर्ष पछि ठूलो भुकम्प गयो ,१८ जनाको मृत्यु

समयपोष्ट २०७३ मंसिर २२ गते ५:३२

 सुमात्रा इण्डोनेशियाको बांदा आसेह सहरमा सोमबार बिहान गएको भुकम्पमा परि अठार जनाको मृत्यु भएको छ । जसमा सात जना बच्चा रहेको स्थानिय सञ्चार माध्यमले जनाएका छन् । युनाईनेट स्टेट जियोलोजिकल सर्भे (USGS) को अनुसार सोमबार इण्डोनेशियामा गएको भुकम्प ६.४ रेक्टर स्केलको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पको केन्द्रविन्दु आसेहको नर्थ इस्र्टन कोस्ट को १७.२ किमिटर तल रहेको थियो ।

Advertisement

इण्डोनेशियाको स्थानिय सञ्चार माध्यमका अनुसार बाँदा आसेहमा सबैभन्दा बढी क्षति पुगेको छ । भुकम्प आउँदा मानिसहरु बिहानको  नमाजको तयार गरिएका थिए । त्यहाको कोस्टल इलाकामा कर्यौ भवनहरु भत्किएका छन् । थुप्रै मानिसहरु पुरिएको आशंका गरिएको छ भने उद्धार कार्य जारी छ । भुकम्पमा परि घाईते हुनेको उपचार भईरहेको छ । हालसम्म त्यहाँ  सुनामीको अर्लट जारी गरिएको छैन । सन् २००४ डिसेम्बर २४ मा इण्डोनेशियामा ९.०२ रेक्टर स्केलको भुकम्प गएको थियो । भुकम्प पछि आएको सुनामीमा परि २ लाख २७ हजार ८ सय ९८ जनाले ज्यान गुमाएका थिए भने यसबाट चौध मुलुक प्रभावित भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री